भिमसेनगोलामा सेञ्चुरी बैंकको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 06:00:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको भिमसेनगोलामा शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको यो १२९औं शाखाकोे उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । 

भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

सेञ्चरी बैंकले हाल १२९ शाखा, १० एक्सटेन्सन काउण्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved