सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 06:48:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको भवन निर्माण गर्न रु दुई लाख सहयोग गरेको छ ।  बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले, नेपाल रेडक्रस सोसाइटी ईलाम जिल्ला शाखाका सभापति शिव प्रसाद गौतमलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन्।

 ईलाम जिल्लामा उक्त रेडक्रसले रक्त सञ्चार, एम्बुलेन्स सेवा, प्राथमिक उपचार सेवा, विपतमा राहत सेवा जस्ता विभिन्न सेवाहरु दिदै आएको छ ।  निर्माण गर्न लागेको भवन तालिमहल सहितको हुने र त्यसले समुदायमा थप सेवा दिन  मदत गर्ने सोसाइटीले  जनाएको छ । बैंकले स्वास्थ्य, शिक्षा, पूर्वधार निर्माण, वातावरण संरक्षण आदि क्षेत्रमा सातै प्रदेशमा विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

हालसम्म बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved