सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2022 | 12:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंक र खल्तीबीच भएको सम्झौतामा अनुसार ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई-बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई-बैंकिङ्ग मार्फत् चेक आउट गर्न सक्ने छन्।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख श्री विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।


सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved