बैंक वित्तीय संस्थामा समस्या बढेपछि अर्थमन्त्रालयद्वारा आर्थिक तथा बैंकिंङ विज्ञ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2022 | 10:57:15 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थामा समस्या बढेको निष्कर्ष सहित अर्थमन्त्रालयले आर्थिक तथा बैंकिंङ विज्ञ नियुक्त गरेको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका उपनिर्देशक डा. शालिक राम पोखरेललाई आर्थिक तथा बैंकिंङ विज्ञमा नियुक्त गरेको हो।

अर्थमन्त्रालयले आर्थिक तथा बैंकिंङ विज्ञमा नियुक्त गरेर राष्ट्र बैंकमा पत्र पठाएको भन्नेबारे जानकारी आएपनि पत्र भने पाईनसकेको डा. पोखरेलले बिजपाटीलाई बताए।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यलयको अनुसन्धान विभागमा आउनु अगाडी डा. पोखरेल नेपाल राष्ट्र बैकको कर्णाली प्रदेश प्रमुखको जिम्मेवारीमा थिए। २०५३ सालमा नेपाल राष्ट्र बैंकमा जागिर सुरु गरेका पोखरेलले सन् २०१७ सालमा विद्यावारीधि गरेका हुन्। पोखरेलले 'नेपालको गरिबीमा माइक्रोफाइनान्सको असर' विषयमा बंगालदेशबाट विद्यावारीधि गरेका हुन्। यद्दपी विद्यावारीधिको अवार्ड भने उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट लिएका छन्।

उनले लघुवित्त वित्तीय संस्थालाई हेर्ने नेपाल राष्ट्र बैंकको लघुवित्त नियमन विभागमा बसेर दुई बर्ष काम गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved