एकसातामा वाणिज्य बैंकहरुको २ अर्ब निक्षेप बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 02:34:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन २० गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रहेकोमा फागुन २७ गतेसम्म आईपुग्दा पनि बैंकहरुको निक्षेप २ अर्बले बढेर ४३ खर्ब २६ अर्ब कायम भएको छ ।  

त्यस्तै यस अवधिमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।  फागुन २० गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रहेकोमा फागुन २७ गतेसम्म आईपुग्दा  बैंकहरुको कर्जा प्रवाह घटेर ४१ खर्ब ६९ अर्ब कायम भएको छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved