क्यूआर प्रवद्र्धनका लागि ग्लोबल आईएमई बैंक र ग्यास विक्रेता महासंघबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2022 | 03:23:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघबीच सहकार्य गर्ने सम्बन्धी  सम्झौता भएको छ  । बैंक र महासंघबीच  ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता  भएको हो ।  

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरु स्मार्ट च्वाइस टेक्नोलोजी र फोन पेसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघ, नेपाल सँग समन्वय गरेको हो । महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् । 

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ । बैंकले २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved