नेपालमा पनि ग्लोबल मनी विक मनाईदै, धितोपत्र बोर्ड र बीमा समिति सहितको सहभागिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 02:52:36 PM मा प्रकाशित

नेपालमा पनि ग्लोबल मनी विक मनाईने भएको छ।  अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओईसीडि) को आह्वानमा नेपालमा चैत्र  ७ गतेदेखि १३ गतेसम्म ग्लोबल मनी विक मनाईने भएको हो । 

ग्लोबल मनी विकको लागि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै देहायबमोजिमका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ।

१. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौं उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतिहरू समावेश गरी सहकारी संस्थाका सदस्य, सेयर लगानीकर्ता, बीमक व्यक्ति र कलेजस्तरका विद्यार्थीलगायतलाई समेटेर वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने ।

२. काठमाडौं उपत्यकाबाहिरको कुनै एक जिल्लामा साना तथा लघु उद्यमी, वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक÷शिक्षिका र दैनिक ज्यालादारी समुहका व्यक्तिको सहभागितामा एउटा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने ।

३. बैंक तथा वित्तीय संस्थाबाट डिजिटल वित्तीय साक्षरतासम्बन्धी विशेष कार्यक्रम आयोजना गर्न भूक्तानी प्रणाली विभाग मार्फत Payment System Operator (PSO) र  Payment Service  Provider (PSP)  एवम् बैंक तथा वित्तीय संस्था नियमन विभागमार्पmत सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई ‘वित्तीय साक्षरता मार्गदर्शन, २०७८’ समेतका आधारमा विभिन्न वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्न पत्राचार गर्ने ।

४.  सर्वसाधारणलाई डिजिटल वित्तीय साक्षरतासम्बन्धी विषयमा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न एफएम रेडियो र राष्ट्रियस्तरको टेलिभिजनबाट सोसम्बन्धी चेतनामुलक अन्तरवार्ता प्रसारण गर्ने । 

ग्लोबल मनी विक हरेक मुलुकका किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो । यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइएको छ । यो सप्ताहव्यापी वित्तीय चेतनामूलक अभियानको सन् २०२१ मा मनाइएको नवौँ श्रृङ्खलामा १०९ वटा मुलुकको सहभागिता रहेको थियो । किशोर किशोरी तथा युवा युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

Global Money Week को स्थायी नारा Learn.Save.Earn. रहेको छ भने Global Money Week-2022 (21-27 March) को नाराः 'Build your future, be smart about money' तय गरिएको छ । पैसा वा व्यक्तिगत आय आर्जनको पहिचान गर्नुका साथै पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति सबैलाई अभिप्रेरित गर्नु यस नाराको अभिप्राय रहेको छ । दशौं श्रृङ्खलाका रूपमा Global Money Week-2022 मनाउने क्रममा OECD ले देहायबमोजिमका दुई वटा विषयलाई विशेष रूपमा ध्यान दिन सबैलाई आग्रह गरेको छ :


 Respect the national and local safety guidelines related to COVID-19.

Prioritize digital interaction when in person activities are not recommended.

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved