सनराइज बैंकको बचत खातामा स्वास्थ्य योजना सहितको बीमा सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2022 | 03:03:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 सनराइज बैंकले  बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्ने गरि नयाँ खाता योजना ल्याएको छ । २०७४ साल चैत्र १ गते देखि बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदै आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिने बैंकले जनाएको छ ।

जस अनुसार बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा ग िरएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा सिंगापुर थाईल्याण्डका अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ ।

ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । बैंकका अनुसार हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved