एडीबीलाई सीबीफीनको आग्रह, ‘१ अर्ब डलर ऋण सहयोग गर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2022 | 09:44:33 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलबीच भेट भएको छ । 

प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेका छन् । 

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेक एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाललाई अबको दिनमा Infrastructure Financing Mechanism, Micro Entrepreneurship Development Project, SME Financing आवश्यक रहेको उनको भनाई छ । 

‘साना तथा मझौला ब्यवसयीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय संचालन गर्न सक्छन,  एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने  हुनाले यी उद्योगहरूलाई वित्तीय पहुच, बजार र पूर्वाधारसंगै सीपको सहित सहयोग गरिनुपर्छ’ उनले भने ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक हुन् भन्दै उनले महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट ब्यबसाय प्रबर्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने सुझाब दिए । 

बैठकमा सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे । यसले तरलताको समस्या पनि समाधान हुने र  बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने गोल्यानको भनाई छ । 

अहिलेको कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ ।

‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अरब ३ करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादकरकृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ’ गोल्यानले भने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved