सिटिजन्स बैंकद्वारा कर्णालीका विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2022 | 05:59:16 PM मा प्रकाशित

सिटिजन्स बैंकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । आउँदै गरेको बैशाख ७ गते बैंकले १५औँ वार्षिकोत्सव मनाउदै छ ।

बैंकले जाजरकोट जिल्लाको हरिशिव प्राथमिक विद्यालय तथा कालिका प्राथमिक विद्यालय, सिमिकोट जिल्लाको बालमन्दिर माध्यमिक विद्यालय तथा मानसरोवर माध्यमिक विद्यालय, डोल्पा जिल्लाको बालमन्दिर आधारभूत विद्यालय, गौरी आधारभूत विद्यालय तथा आदर्श माध्यमिक विद्यालय, मुगु जिल्लाको माहाकाली मोडल हाई स्कूल तथा नेपाल राष्ट्रिय आधारभूत स्कूल बालमन्दिर प्रत्येकलाई ५० हजार रुपैयाँ  सहयोग गरेको हो ।

जुम्ला जिल्लाको जनता माध्यमिक विद्यालय ९प्राबिधिक धार०लाई  १ लाख, हुम्ला जिल्लाको लालिगुँराश मा.वि, कोट मा.वि तथा हिमज्योती मा.वि प्रत्येकलाई ३३ हजार ३ हजार हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले हुम्ला जिल्लाको हिमालयन चिल्ड्रेन सोशाईटी, कैलाश मानशरोभर चिल्ड्रेन अफ हुम्ला तथा सुर्खेत जिल्लाको साझा घर प्रत्येकलाई ५०/५० हजार सहयोग गरिएको छ ।

साथै बैंकले डोल्पा जिल्लाको जिल्ला हस्पिटल डोल्पा र सुर्खेत जिल्लाको प्रशान्ति वुद्धाश्रम केन्द्रलाई ५०÷५० हजार सहयोग गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved