राष्ट्र बैंकद्वारा पुनरकर्जा कार्यविधि संशोधन, ब्याजदर बढ्यो, गभर्नरलाई विशेष अधिकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2022 | 06:04:12 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि संशोधन गरेको छ। राष्ट्र बैंकले 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (चाैथो संशोधन सहित)' जारी गरेको हो। 

संशोधित कार्यविधि अनुसार कर्जाको ब्याज दर बढेको छ । जस अनुसार लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको ब्याज ५ प्रतिशतबाट ७ प्रतिशत पुर्याईएको छ  । यो बैंकहरुले ग्राहकसँग लिने ब्याज हो  । राष्ट्र बैंकले बैंकसँग लिने ब्याज भने २ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ  । 

त्यस्तै विशेष पुनरकर्जाको ब्याज ३ प्रतिशतबाट ५ प्रतिशत पुर्याईएको छ  । यो बैंकहरुले ग्राहकसँग लिने ब्याज हो  । राष्ट्र बैंकले बैंकसँग लिने ब्याज भने १ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको छ  । 

त्यस्तै साधारण पुनरकर्जाको ब्याज ५ प्रतिशतबाट ७ प्रतिशत पुर्याईएको छ  । यो बैंकहरुले ग्राहकसँग लिने ब्याज हो  । राष्ट्र बैंकले बैंकसँग लिने ब्याज भने ३  प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको छ  ।  

एकमुष्ट रूपमा प्रदान गरिने पुनरकर्जाको लागि बैंकले इजाजतपत्रप्राप्त संस्थाहरूबाट आवेदन आह्वान  गर्दा बैंकले आवश्यक शर्तहरु तोक्न सक्ने ब्यबस्था गरिएको छ ।  

त्यस्तै पछिल्लो दुई आर्थिक वर्षको औसत Return on Equity तीन प्रतिशत भन्दा बढी रहेका उद्योग व्यवसायले पुनर्कर्जा लिन पाउने छैनन् । यस अघि पछिल्लो आर्थिक वर्षको औसत Return on Equity २० प्रतिशत वा सो भन्दा बढी रहेका उद्योग व्यवसायले  पुनर्कर्जा लिन नपाउने ब्यबस्था थियो । अब  ग्राहक ऋणीहरू छनोट गर्दा कोभिड–१९ बाट अति प्रभावित भई पुनरुत्थान हुन बाँकी क्षेत्रका ग्राहकहरुलाई प्राथमिकतामा राख्नुपर्नेछ । 

पूर्वनिर्धारित मितिमा पुनरकर्जा रकमको साँवा÷ब्याज असुलउपर हुन नसकेमा थप एक प्रतिशत (वार्षिक) कोपेनाल ब्याजदर सहित सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाको बैंक स्थित खाता खर्च (Debit) गरी रकम असुलउपर गरिनेछ । इजाजतपत्रप्राप्त संस्थाले जरिवाना तिरेको मितिले छ महिनासम्म पुनरकर्जाको लागि आवेदन दिन योग्य हुनेछैनन्। तर कोभिड १९ को असर तथा वित्तीय प्रणालीको अवस्था हेरी गभर्नरले एक पटकको लागि आवेदन दिन सक्ने गरी छूट प्रदान गर्न सक्नेछ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved