१० संस्थामा राष्ट्र बैंकको शेयर लगानी, नेप्से सहित ७ वटा संस्थामा रहेको शेयर बिक्रि गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 12:20:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विभिन्न संस्थामा रहेको आफ्नो सेयर स्वामित्व पुरै तथा आंशिक विनिवेश गर्ने भएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको सेयर विनिवेश गर्ने भएको हो।

राष्ट्र बैंकको उदेश्य मिल्ने प्रकृतिका संस्थामा दश प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुन नहुने तथा उदेश्य नमिल्ने संस्थामा कुनै पनि स्वामित्व हुन नहुने कानुनी प्रावधानअनुसार नै विभिन्न संस्थामा रहेको सेयर बिक्रि गर्न लागेको हो।

सोहि प्रावधानअनुसार राष्ट्र बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो १३.३४ प्रतिशत सेयर बिक्रि गरिसकेको छ भने नेपाल स्टक एक्सचेन्जमा रहेको सेयर पनि आंशिक रुपमा बिक्रि गरिसकेको छ। नेप्सेमा हाल १४.६० प्रतिशत सेयर रहेकाले उक्त स्वामित्व १० प्रतिशतमा ल्याउने गरि नेप्सेको सेयर पनि बिक्रि गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ। यस अगाडी पनि राष्ट्र बैंकले नेप्सेमा रहेको आफ्नो स्वामित्वको सेयर प्रति कित्ता ११४४ रुपैयाँमा बिक्रि गरेको थियो।

राष्ट्र बैंकले आफ्नो सेयर स्वामित्व रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, राष्ट्रिय वीमा संस्थान, नेशनल बैंकिंङ इन्स्टिच्युट, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र, एग्रिकल्चर प्रोजेक्ट सर्भिस सेन्टरको सेयर बिक्रि गर्ने भएको हो।

राष्ट्र बैंकको ग्रामिण विकास लघुवित्तमा २.७९ प्रतिशत, राष्ट्रिय बीमा संस्थानमा ५५.५५ प्रतिशत, नेशनल बैंकिंङ इन्स्टिच्युटमा १५.२९ प्रतिशत, राष्ट्रिय उत्पादकत्वमा ३१.५२ प्रतिशत र एग्रिकल्चर प्रोजेक्टमा ६२.५ प्रतिशत रहेको छ।

हाल १० वटा संस्थामा  राष्ट्र बैंकको लगानी छ । जस मध्ये नागरिक लगानी कोष ,  ग्रामिण विकास लघुवित्त र राष्ट्रिय बीमा संस्थानको शेयर पुरै विनिवेश गर्नु पर्ने छ । त्यस्तै नेप्से र नेशनल बैंकिङ इन्चित्युटको शेयर १० प्रतिशतको सीमामा ल्याउनु पर्ने छ । क्लियारिंग हाउस, कर्जा सूचना केन्द्र, र निक्षेप तथा कर्जा सुरक्षण कोषमा गरिएको लगानी भने सीमा भित्रै छ । त्यस्तै राष्ट्र बैंकले राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र एग्रिकल्चर प्रोजेक्ट सर्भिस सेन्टरको सेयर पनि बेच्नु पर्ने छ । 

सेयर बिक्रि गर्न समिति गठन

आफ्नो स्वामित्वको सेयर पुरै तथा आंशिक रुपमा बिक्रि गर्नलाई राष्ट्र बैंकले डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा डेपुटी गभर्नर डा. ढुंगाना सहित वित्तीय व्यवस्थापन विभाग, नियमन विभाग, सामान्य सेवा विभागका विभागीय प्रमुख रहेका छन्।

वीमा संस्थानको सेयर विनिवेशमा बढी चुनौती

अरु संस्थामा रहेको सेयर स्वामित्व बिक्रि गर्न सहज भएपनि राष्ट्रिय वीमा संस्थानको सेयर बिक्रि गर्नलाई राष्ट्र बैंकले चुनौती देखेको छ। संस्थानमा राष्ट्र बैंकको मात्रै ५५.५५ प्रतिशत सेयर स्वामित्व रहेको र उक्त सेयर बिक्रि गर्दा खरिद गर्नेले सहज रुपमा संचालक समितिमा आफ्नो उपस्थिति नपाउने अवस्था रहेकाले राष्ट्र बैंकले संस्थानको सेयर बिक्रिमा चुनौती देखेको हो।

यस अगाडी नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व लक्ष्मी बैंक लगायतका संस्थालाई लिलाम बढाबढ मार्फत बिक्रि गरेपनि नेप्सेको संचालक समितिमा उनीहरुको उपस्थिति नहुने अवस्था सिर्जना भएकाले संस्थानको सेयर बिक्रिमा राष्ट्र बैंकले चुनौती देखेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved