सनराइज बैंकद्वारा मधेश प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 02:34:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मार्च २१ देखि मार्च २७ सम्म विश्वव्यापी रुपमा मनाइदै आएको ग्लोबल मनि सप्ताहका अवसरमा सनराइज बैंकले प्रदेश २ मा विभिन्न शाखामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । 

चैत्र ८, ९, १० गते राजविराज, लहान र गौरमा बैंकले उक्त कार्यक्रम गरेको हो ।

नेपाल बैंकिङ इन्सिच्यूटसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट विनोद अधिकारी तथा बैंकका प्रतिनिधिहरु सहभागी भई साक्षरता प्रदान गरेका थिए । 

वित्तिय साक्षरता कार्यक्रमलाई अझै प्रभावकारी बनाउन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबसमेत गौरको कार्यक्रममा सहभागी भएका थिए । 

१०० जना भन्दा बढी स्थानीय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमहरुमा बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो । 

सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ । 

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फतसेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved