महेन्द्र बहुमुखी क्याम्पस धरानमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2022 | 08:31:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। बैंकका संचालक डा सावित्री रंजित श्रेष्ठ र क्याम्पस प्रमुख दामोदर भण्डारीले संयुक्त रुपमा उक्त काउन्टरको उद्घाटन गरेका हुन्। 

बैंक संचालक डा. श्रेष्ठले वि.स. १९९४ मा स्थापित देश कै पहिलो बैंकले देशका विभिन्न भूगोल र क्षेत्रमा आफुलाई उभ्याउदै बैंकिङ्ग सेवा दिने क्रममा यस क्याम्पसमा बैंकिङ्ग सेवाको लागि एक्स्टेन्सन काउन्टर स्थापना गरेको बताए। 

उनले हाल नेपाल बैंक आधुनिक प्रविधि र उच्चतम बैंकिङ्ग सेवाभावको साथ बौद्धिक युवा जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाहका साथ समय सगै अगाडि बढिरहेको विषय राख्दै क्याम्पसले विश्वास गरि थप सेवा गर्ने मौका दिएकोमा क्याम्पसलाई विशेष धन्यवाद व्यक्त गरे।

यसैगरि क्याम्पस प्रमुख भण्डारीले पुरानो बैंकिङ्ग ईतिहास र अनुभव भएको बैंकको एक्स्टेन्सन काउन्टर क्याम्पस परिसरमा संचालन हुन गएकोमा सहर्ष धन्यवाद दिदैं बैंकको सेवा प्रवाह उच्चस्तरिय रहेको र बैंकले प्रस्ताव गरेका विभिन्न डिजिटल लगायत बैंकिङ प्रडक्ट क्याम्पसले प्रयोग गरी लाभन्वित पनि भईरहेको सन्दर्भ उल्लेख गरे। 

सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, धरान शाखाका शाखा प्रवन्धक लगायतका बैंक कर्मचारीहरु तथा क्याम्पसका तर्फबाट प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  

वि.सं. २०१२ सालमा स्थापना भएको पूर्व क्षेत्रकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा हाल ५ हजार ५ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन ।

नेपाल बैंक नेपालभर २१३ शाखाहरु, १४७ एटिएम साथै ५० वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved