नबिल बैंकद्वारा बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 01:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा (Sustainable Prayer Flags)  राखेको छ । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले वातावरण मैत्री लुङ्गटाको शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको हो ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको  विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गर्ने कार्य गरिएको हो । हरित उद्यमको क्षेत्रमा काम गर्दै आउएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले यो कार्यको आरम्भ गरिएको बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसँद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपँलका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा उपस्थित् अतिथिहरुले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाएका थिए । 

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved