भीमेश्वर नगरपालिकामा नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 09:19:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले आफ्नो ५० औं एक्सटेन्सन काउन्टर दोलखा चरिकोट स्थित भीमेश्वर नगरपालिकाको कार्यालय परिसरबाट शुरु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्याल र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन्  ।

 कार्यक्रमका प्रमुख अतिथि महालेखा नियन्त्रक एवं बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालले काठको कन्तुरबाट शुरु भएको बैंकको इतिहास डिजिटल बैंकिङसम्म आईपुगेको र बैंकले बढ्दो प्रतिस्पर्धामा आफुलाई अब्बल राख्न सामिप्यताको सिद्घान्त अबलम्वन गरेको बताए।

उक्त अवसरमा  जिल्ला समन्वय समितिका प्रमुख  डबल पाण्डेले जिजु बाजेको बैंकले नाति पनातिको पुस्तालाई जोड्न सकेकोमा खुसी व्यक्त गरे । त्यसैगरी भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरतबहादुर के.सी.ले नगरपालिका भित्रका नागरिकलाई गुणस्तरीय एवं छिटो छरितो सेवा प्रदान गर्न कार्यालय परिसर भित्रै बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरिएको र बैंकको एक्सटेन्सन काउन्टर स्थापनाले समृद्घ भीमेश्वर स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

बैंकका प्रमुख कार्याकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकले भीमेश्वर नगरपालिकाका नागरिकलाई उच्च प्राथमिकतामा राखी कार्यालय परिसरमा नै एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको र यसले बैंक र नगरपालिका बीचको सम्बन्धलाई थप उचाईमा पु¥याउने छ भन्ने विश्वास व्यक्त गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved