चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउने गरि एलसी खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2022 | 12:24:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अब चोभार सुक्खा बन्दरगाह हुदै पनि अन्तराष्ट्रिय ब्यापार गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका रहने गरी सामान आयातको लागि एलसी खोल्न सकिने ब्यबस्था गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले एकिकृत निर्देशन जारी गर्दै चोभार सुक्खा बन्दरगाह हुदै पनि अन्तराष्ट्रिय ब्यापारको लागि एलसी खोल्न सकिने ब्यबस्था गरेको हो  ।

यस संगै अब अन्तर्राष्ट्रिय व्यापारका लागि जारी हुने प्रतीतपत्रमा प्रचलित व्यवस्थाबमोजिम चोभारको सुक्खा बन्दरगाह भन्सार कार्यालय नाका हुने गरी समेत जारी गर्न सकिनेछ । साथै, मेची, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह सिर्सिया र भैरहवा भन्सार कार्यालयबाट पैठारी गर्ने गरी प्रतीतपत्र जारी भैसकेका मालवस्तुको समेत पैठारीकर्ताको माग भएमा प्रचलित व्यवस्थाबमोजिम चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयको नाममा भन्सार विन्दु परिवर्तन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved