आरटीजीएस संचालनको समयसीमा बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2022 | 01:03:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आरटीजीएस संचालनको समयसीमा बढेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आगामी बैशाख २ गतेदेखि लागु हुने गरि आरटीजीएस मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने सीमा बढाएको हो ।  

नयाँ समयसीमा अनुसार आइतबारदेखि बिहिबार आरटीजीएस सेवा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने छ। तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने आरटीजीएस  सेवा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुने छ । शुक्रबार भने वर्षभरी नै बिहान ९ बजेद्केही दिउंसो १:३० बजेसम्म यो सुइविधा उपलब्ध हुने छ । सार्वजनिक विदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भए राष्ट्र बैंकले आवश्यकता अनुसार सूचना प्रकाशन गर्ने गरेको छ ।

 आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)  नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ।  आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन । यो प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर (Fund Transfer) गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट हने कारोबार सामान्यतयाः केही मिनेटमै सम्पन्न हुन्छ ।  सर्वसाधारण ग्राहकको तर्फबाट प्राप्त भुक्तानी आदेशहरू बैंक तथा वित्तीय संस्थामा प्राप्त भएको ३० मिनेटभित्र सम्पन्न गरिसक्नु पर्ने व्यवस्था रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved