माछापुच्छ्रे बैंकको शाखा धनगढीको राजपुरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 08:40:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३  राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । धनगढी उप महानगरपालिकाका मेयर  नृप बहादुर वडले उक्त कार्यक्रम उद्घाटन गरेका हुन् ।

नयाँ शाखा सगैँ कैलाली जिल्लामा माछापुच्छ«े बैंकको शाखा संख्या ४ पुगेको छ । देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १३ राजपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको जनाएको हो । बैंकका अनुसार नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउने छ । 

 बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved