भारतको मेदान्त– द मेडिसिटि अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 08:55:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल र भारत स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज दिल्ली स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  गणेश राज पोखरेले हस्ताक्षर गरेका हुन् । 

यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले भारतको गुरगाउँ , लखनउ, राँची, इन्दौर लगायतका मेदान्त अस्पतालका सबै शाखाहरुबाट पाउनेछन् । 

बैंकले १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र  ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved