सिटिजन्स बैंकका ग्राहकलाई एन.पी.आई नारायणी सामुदायिक हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 03:03:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकलाई एन.पी.आई नारायणी सामुदायिक हस्पिटलमा छुट हुने भएको छ । बैंक र हस्पिटलबीच सम्झौता भएसँगै बैंकका कार्ड बाहक ग्राहकहरुले १० प्रतिशत छुट पाउने भएका हुन् ।

बैंकका कार्ड बाहक ग्राहकहरुले सबै सुविधामा १० प्रतिशत छुट पाउने छन् । कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था रहेको बैंकले जनाएको छ । 

बैंकले हाल १७४  वटा शाखा,  १२५  वटा ए.टि.एम. र ९० वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved