बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल आदम पोखरामा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 04:32:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले होटल आदम पोखरामा छुट पाउने भएका छन् । 

बैंक र होटलबीच सम्झौता भएसँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् । यो छुट सुविधा होटलका सबै सेवामा लागू हुने बैंकले जनाएको छ ।

होटल आदमले सेन्टर पोइन्ट, लेकसाइड, पोखराबाट सेवा प्रदान गर्दै आएको छ ।  

हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved