गुञ्जमान सिंह अस्पताललाई नेपाल बैंकद्वारा १५ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2022 | 06:35:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याएका स्व. सरदार गुञ्जमान सिंहको सम्झनामा चितवनको रत्ननगर पिठुवामा स्थापना भएको गुञ्जमान सिंह अस्पताललाई मेडिकल उपकरण खरिद गर्न १५ लाख २५ हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको ।

सो आर्थिक सहयोग रकम उपलब्ध गराउने सम्बन्धमा आज आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बैंकको स्थापना तथा सञ्चालनमा विशेष योगदान पुर्याएकास्व. सरदार गुञ्जमान सिंहको नाममा स्थापित अस्पताललाई सो सहयोग उपलब्ध गराउन पाएकोमा प्रशन्नता व्यक्त गरे ।

स्व. सरदार गुञ्जमान सिंहको व्यक्तित्वको चर्चा गर्नुहुँदै गुञ्जमान सिंह मेमोरियल ट्रष्ट्रका अध्यक्ष दुर्गेश मान सिंहले नेपाल बैंकको स्थापना साथै देशको औद्योगिक तथा आर्थिक विकासमा स्व. सरदार गुञ्जमान सिंहज्यूले पु¥याउनु भएको योगदानलाई सम्मान गर्दै नेपाल बैंक लिमिटेडले उहाँको नाममा स्थापना भएको अस्पताललाई गरेको आर्थिक सहयोगका लागि हार्दिक आभार व्यक्त गरे ।   

उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु विश्वराज बराल, प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का साथै बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी, बरिष्ठ प्रबन्धकद्वय अर्जुन बहादुर कँडेल र बाबुराम काफ्ले समेतको उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved