नबिल एसएसई अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2022 | 11:49:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आब्हान गरिएको छ। 

सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएसई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र  कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आब्हान गरिएको हो। 

फेलोशिप कार्यक्रम भने यस अघि नै शुरु भइसकेको छ। प्रमाणपत्र कार्यक्रमले मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर  सामाजिक उद्यमशिलता प्रवद्र्धनलाई जोड दिएको छ । 

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्नु र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य रहेको बैंकले जनाएको छ।

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने बैंकले बिश्वास लिएको छ। 

यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसंग साझेदारी गरिएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने यस कार्यक्रमको सोच रहेको छ।

 आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले  तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंककाअनुसार आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी  प्रमाणपत्र कार्यक्रमका सहभागिहरुको छनौट गरिनेछ। छनौटमा परेका सहभागिहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरु उद्यमशिल सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।

साझेदार शैक्षिक संस्थाहरुः

प्रदेश                         शैक्षिक संस्था                  ठेगाना

                  महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस बिराटनगर

मधेश           बिरगंज पब्लिक कलेज बिरगंज

बाग्मती          काम्पिएन कलेज ललितपुर

गण्डकी          ला ग्रान्डि इन्टरनासनल कलेज पोखरा

लुम्बिनी          क्षितिज इन्टरनासनल कलेज बुटवल

कर्णाली          सुर्खेत मोडल कलेज बिरेन्द्रनगर

सुदुर पश्चिमाञ्चल   सुदुर पश्चिमाञ्चल अकाडेमी धनगढी



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved