मेगा बैंककी सीईओ खुञ्जेलीद्वारा राजिनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 09:32:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले पदबाट राजिनामा दिएकी छिन् । कार्यकाल सकिन केहि दिन अगाडी मात्र उनले राजिनामा दिएकी हुन् ।

४ वर्षको लागि बैंकको सीइओ नियुक्त भएकी उनको कार्यकाल यहि चैत्र ३० गते सकिदै थियो । तर कार्यकाल सकिन ५ दिन अगाडी उनले पदबाट राजिनामा दिएकी हुन् । 

संचालक समितिले उनको कार्यकाल नवीकरण नगर्ने जानकारी पाएपछि खुन्जेलीले राजिनामा दिएको स्रोतको दाबी छ। बैंकका अध्यक्ष भोज बहादुर शाहले भने राजिनामा बारे आफुलाई केहि जानकारी नभएको बताएका छन् । उनले बिजपाटीसँग भने ' उहाँको कार्यकाल सकिन लागेको छ, किन राजिनामा दिनु होला र ? राजिनामाबारे मलाई जानकारी छैन'। 

खुञ्जेलीले  वाणिज्य बैंकहरु मध्ये कै पहिलो महिला सीइओ भएर इतिहास रचेकी थिईन् । उनले सम्हालेको मेगा बैंकले केहि समय अघि मात्र एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो  । मेगा बैंकले ‘बेष्ट सीएसआर कमर्शियल बैंक नेपाल अवार्ड २०२२’को उपाधि जितेको थियो भने सिइओ अनुपमा खुञ्जेलीले ‘वुमन बैंकिङ सिइओ अफ दि एयर अवार्ड, २०२२’ जितेकी थिईन्। नेपालबाट यो अवार्ड जित्ने मेगा बैंक र सीईओ खुञ्जेली मात्रै हुन् । 

सीईओ खुञ्जेलीले यसैबर्ष ‘बेस्ट फिमेल अवार्ड २०२१’ पनि प्राप्त गरेकी थिइन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved