गभर्नरसँग सार्वजनिक कार्यक्रम मै रिसाए अर्थमन्त्री, सोधे 'यहि हो अनुशासन ?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 10:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यकम मै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति अशन्तुष्टी व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको 'नेशनल कन्फरेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स' कार्यक्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री शर्माले मिडियालाई दिन नहुने सूचना मिडियालाई दिएको भन्दै गभर्नरसँग अशन्तुष्टी व्यक्त गरेक हुन् ।

आफ्नो पैसा रोकिएको भन्दै अर्थ मन्त्रालयमा निवेदन आएको र सो निवेदन राष्ट्र बैंकलाई पठाउँदा राष्ट्र बैंकले मिडियालाई बोलाएर दिएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरेका हुन्। पृथ्वी बहादुर शाहको प्रसङ्ग उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई सहजीकरण गर्न पठाएको पत्र मिडियालाई दिएको प्रति अशन्तुष्टी व्यक्त गरेका हुन् ।

उनले प्रश्न गर्दै भने ' यदि पैसा ल्याउन नपाइने भए यो यो कारणले ल्याउन पाइदैन भन्दिनु परो, पत्रिकाबाजी गर्ने ? सबैले आफ्नो मर्यादा राख्नु पर्दैन? प्रवक्ताले मन्त्रीले यसो भनेकै हो भनेर पत्रिकालाई प्रतिक्रिया दिने ? त्यहि हो तरिका? त्यहि हो अनुशासन ? सबैको संस्थागत अनुशासन हुनु पर्दैन ? ' यस्ता कुरा सच्याउनु पर्ने उनले बताए । 

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई दिएको सुझावको सुची पनि अर्थ मन्त्रालयमा आउनु अघि मिडियालाई दिएको भन्दै उनले अशन्तुष्टी व्यक्त गरे । उनले यस्ता सुझाव कार्यन्वयन नहुदै मिडियामा आउँदा त्यसले अर्थतन्त्रलाई असर गर्ने बताए । सुझावमा अत्यावश्यक बाहेक वस्तुको सामान आयात बन्द गर्ने उल्लेख रहेको र त्यो सुझाव मिडियामा आएपछि कुन कुन बैंकले कति कति के के सामान आयात गर्न एलसी खोलेका छन् त्यसको विवरण आफुलाई पठाउन अर्थमन्त्रीले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयलाई गर्नु पर्ने रिपोर्टिंग भनी राष्ट्र बैंकले नगरेको भन्दै उनले अशन्तुष्टी पोखे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved