पाकिस्तान, टर्की र श्रीलंकाको जस्तो अवस्था आउँन सक्छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 12:54:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल अर्थतन्त्रमा देखिएको बाह्य क्षेत्र दबाबलाई समयमा नै ब्यबस्थापन गर्न नसकिए श्रीलंकाको अवस्था आउँन सक्ने बताएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बाह्य क्षेत्र दबाबलाई समयमा नै ब्यबस्थापन गर्न नसकिए पाकिस्तान , टर्की र श्रीलंकाको जस्तै अवस्था आउँन सक्ने तर्फ सचेत गराएका हुन् ।

उनले अहिले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको बताए । यसलाई ब्यबस्थापन गर्न राष्ट्र बैंकले विभिन्न कदम चालीरहेको उनले बताए । उनले विदेशी मुद्राको संचिति घट्दै गएकोले राष्ट्र बैंकले आयात निरुत्साहन गर्नका लागि नगद मार्जिनदेखि लिएर कर्जामा जोखिम भार थप्ने तथा सुन र चाँदीको आयातमा कडाइ गरेको उल्लेख गरे ।

उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने र आयात घटाउदै लैजानु पर्ने उनले बताएका छन्  । यसका लागि नेपाल राष्ट्र बैंकले मात्र नसक्ने भएकोले यसमा सबैले साथ दिनु पर्ने र सबैको साझा प्रयास चाहिने  उनको भनाई छ । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको र रेमिटेन्स पनि बढ्दै गएकोले आगामी वर्ष बाह्य क्षेत्र ब्यबस्थापनमा  केहि सहज हुने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved