नयाँ वर्षमा बिओकेका ग्राहकलाई दराज र सस्तोडिलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 12:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ ।  नयाँ वर्ष २०७९लाई लक्षित गरी बैंकले कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% सम्मको छुटको सुबिधा उपयोग गर्न सक्ने अफर ल्याएको हो।

बैंकका अनुसार बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५% वा अधिकतम रु. १५०० र डेबिट कार्ड प्रयोग गर्नुभएमा १०% वा अधिकतम रु. १००० सम्म छुटको पाउने छन् । साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुभएमा २०% वा अधिकतम रु.२,००० सम्मको छुट पाउने छन्। 

यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २०% सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ।   

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved