गत साता बैंकहरुको निक्षेप ३ अर्ब बढ्यो, २ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 08:45:56 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकको निक्षेप ३ अर्ब बढेको छ । चैत्र १८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३१ अर्ब रहेकोमा चैत्र २५ गतेसम्म बैंकहरुको निक्षेप ३ अर्ब बढेर ४३ खर्ब ३४ अर्ब कायम भएको छ । यस अवधिमा विदेशी मुद्राको निक्षेप भने ९ अर्बले बढेको छ । 

त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेको छ । चैत्र १८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ७५ अर्ब रहेकोमा चैत्र  २५ गतेसम्म बैंकहरुको कर्जा बढेर ४१ खर्ब ७७ अर्ब कायम भएको छ ।   

माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । 

त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।  

  फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए। बैशाखको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved