सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 05:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।  

बैंकले २ लाखको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरेको छ । बेबी लाईफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिका छन् ।

सिटिजन्स बैंकले हाल १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved