कुमारी बैकको डबल धमाका योजना: मुद्दतीमा राखेको पैसा ७ बर्षमै डबल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2022 | 11:55:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ ।  आफ्ना ग्राहक महानुभावहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको जनाएको छ। 

यस योजनाअन्तर्गत निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुदै जानेछ। यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात रु १०,००० रहेको छ। 

सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ। 

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ।

आफ्ना देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved