एनआईसी एशिया बैंकको अनलाईनबाट किनमेल गर्दा २० प्रतिशतसम्म छुट योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 09:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्डमार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । 

यस आकर्षक योजना अन्तर्गत दराजबाट २०७८ चैत्र २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तो डिलबाट २०७८ चैत्र २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापूबाट २०७८ चैत्र २५ देखि २०७९ वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता महानुभावहरूले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ । 

त्यसैगरी सीजी÷एलजी डिजिटलबाट २०७८ चैत्र ३० का दिन रू. २०,००० भन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहक महानुभावहरूले एइक् तथा ई–कमर्श मार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ । 

यस योजना अनुसार उपर्युक्त ई–कमर्शबाट निम्नलिखित छुट प्रदान गरिएको छ 

साथै, बैंकले फोनपेसँग सहकार्य गर्दै बैंकको मोबाइल बैंकिङ मार्फत २०७८ चैत्र ३० का दिन क्यूआर भुक्तानी गर्ने ग्राहक महानुभावहरूलाई १० प्रतिशत वा रू. १०० नगद फिर्ता प्राप्त हुने व्यवस्था गरेको छ । जसमा एक जना ग्राहक महानुभावले अधिकतम ३ वटा सम्म कारोबार गर्दा उक्त नगद फिर्ताको लाभ प्राप्त हुनेछ । साथै, सोहि दिन क्यूआर भुक्तानी गर्ने र क्यूआर भुक्तानी लिने दश दश जना ग्राहक र मर्चेन्टहरूलाई सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा हेलिकप्टर यात्रा र सोहि क्षेत्रमा रहेको होटल एभरेष्ट भ्यूमा ब्रेकफाष्टको अवसर रहेको छ ।बैंकले हाल ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved