सिद्धार्थ बैंकलाई ‘कर्पोरेट फुटसल च्यालेन्ज–२०७९’ को उपाधी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2022 | 05:12:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राउण्ड टेबल नेपालले वैशाख ३ गते आयोजना गरेको ‘कर्पोरेट फुटसल च्यालेन्ज–२०७९’ प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जित्न सफल भएको छ । 

शनिबार महाराजगञ्ज स्थित ढुकु फुटसल मैदानमा भएको फाइनल खेल निर्धारित समय सम्ममा आइपुग्दा एक एक गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रतिस्पर्धी टिमलाई ३–२ गोलले हराउँदै सिद्धार्थ बैंकले उपाधी जितेको हो । 

टाइब्रेकरमा सिद्धार्थ बैंकको तर्फबाट शान्ति राम कार्की, राजु श्रेष्ठ र राम सुन्दर कोजुले गोल गरेका थिए । 

उक्त फुटसल प्रतियोगितामा सिद्धार्थ बैंकको तर्फबाट दिपेन्द्र खड्का उत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved