सानिमा बैंकले ल्यायो डबल धमाका मुद्दती खाता, साढे ६ वर्षमा रकम दोब्बर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 04:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खोल्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ । 

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्ने बैंकले जनाएको छ । ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved