यस्तो छ गभर्नर महाप्रसाद अधिकारीको रिटमा सर्वोच्चले दिएको आदेश (पूर्णपाठ)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 06:11:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अन्तरिम आदेश दिएको छ। न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको छ  ।

त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।  यस संगै उनको निलम्बन फुकुवा हुने भएको छ  ।

महाप्रसाद अधिकारीले हिजो सर्वोच्चमा रिट दायर गरेका हुन् । सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका हुन्।

हेर्नुस अदालतको आदेश ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved