२ दिनमै वाणिज्य बैंकहरुबाट १२ अर्ब निक्षेप बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 06:27:24 PM मा प्रकाशित

laxmi  sunrise bank

२ दिनको अवधिमा वाणिज्य बैंकहरुबाट १२ अब निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार  चैत्र ३० गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ८९ अर्ब रहेकोमा बैशाख २ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेर ४३ खर्ब ७७ अर्ब रहेको छ ।  

यस अवधिमा २ अर्ब कर्जा पनि घटेको छ ।  चैत्र ३० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा २ अर्बले घटेर ४१ खर्ब ९५ अर्ब रहेको छ ।  

 फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए। बैशाखको लागि वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved