नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ । न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा उक्त मुद्दाको सुनुवाई सुरु भएको हो ।
उक्त इजलाशमा परेका अगाडीका सबै मुद्दाको सुनुवाई सकिएपछि गभर्नरको मुद्दाको सुनुवाई सुरु भएको हो । आज नै यस मुद्दाको आदेश आउने छ ।
यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको छ ।
सोहि अनुसार आज दुवैपक्षबीच यस विषयमा छलफल हुन लागेको हो । आजको बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयको टुंगो लगाउने छ ।
सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए।