९ दिनमा वाणिज्य बैंकहरुबाट २२ अर्ब निक्षेप बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 12:52:32 PM मा प्रकाशित

laxmi  sunrise bank

९ दिनको अवधिमा वाणिज्य बैंकहरुबाट २२ अर्ब निक्षेप बाहिरिएको छ ।

नेपाल बैंकर्स संघका अनुसार  चैत्र ३० गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ८९ अर्ब रहेकोमा बैशाख २ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेर ४३ खर्ब ७७ अर्ब रहेको थियो  ।  तर बैशाख ९ गतेसम्ममा बैंकहरुको निक्षेप थप १० अर्बले घटेर ४३ खर्ब ६७ अर्ब कायम भएको छ ।  

यस अवधिमा बन्खारुको ३ अर्ब कर्जा पनि घटेको छ ।  चैत्र ३० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा २ अर्बले घटेर ४१ खर्ब ९५ अर्ब पुगेको थियो ।  तर बैशाख ९ गतेसम्ममा बैंकहरुको कर्जा थप १ अर्बले घटेर ४१ खर्ब ९४ अर्ब कायम भएको छ ।  

 फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए। बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved