गभर्नर अधिकारीको मुद्दामा सकिएन बहस, आज पनि हेर्दाहेर्दैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2022 | 05:42:37 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । आज  न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको इजलाशमा उक्त मुद्दाको सुनुवाई भएको थियो । तर आज सुनुवाई नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस अघि बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एल इजलाशले गभर्नर महाप्रसाद अधिकारीमाथि कुनै कारवाही अगाडी नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायधिश हरिप्रसाद फुयालको एकल इजलाशले उनीमाथि छानविन गर्नको लागि छानविन समिति गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश समेत जारी गरेको थियो । त्यस्तै इजलाशले हाललाई गभर्नरको पक्षमा अल्पकालीन अन्तरिम आदेश गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको  थियो। अदालतले उनलाई पदीय जिम्मेवारी गर्न दिनको लागि समेत आदेश दिएको थियो ।

सोहि अनुसार मंगलबारदेखि यस मुद्दामा दुवैपक्षको बहस सुरु भएको थियो ।  मंगलबार बहस नसकिएपछि सो दिन मुद्दालाई हेर्दाहेर्दैमा राखेर आज बहस भएको थियो । तर आज पनि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । अब यस मुद्दामा अर्को दिन पनि बहस हुने छ  । उक्त बहसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयको टुंगो लगाउने छ ।

सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved