अब अर्थमन्त्री र गर्भनर दुबैले ईगो त्याग्नुपर्छः दिपेन्द्र बहादुर क्षेत्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 08:05:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णय बद्नियतपूर्ण देखिएको भन्दै उनीमाथि छानबिन गर्ने काम रोक्न अन्तरिम आदेश दिएको छ । आफूलाई निलम्बन गर्ने निर्णयविरुद्द गर्भनर अधिकारी सर्वोच्च गएका थिए ।

प्रारम्भिक सुनुवाईबाटै उनलाई काम गर्न दिन सर्वोच्चले आदेश दिएको थियो । आज सर्वोच्चले गर्भनर अधिकारीलाई हटाउने सरकारको निर्णय बद्नियतपूर्ण देखिएको ठहर गरेको हो ।

अर्थमन्त्री र गर्भनरबीच दूरी बढ्नु दुर्भाग्यपूर्ण

नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारीबीच दूरी बढ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । बिजपाटीसँगको कुराकानीमा क्षेत्रीले अर्थमन्त्री र गर्भनर बीचको व्यक्तिगत 'ईगो' सतहमै सार्वजनिक हुनु गलत भएको टिप्प्णी गरेका हुन् ।

उनले राष्ट्र बैंकका सम्बन्धमा अथवा राष्ट्र बैंक प्रत्यक्ष जोडिने विषयमा अर्थ मन्त्रालयबाट आउने निर्णय प्रतिकुल खालका आउन सक्ने पनि बताए । 'अर्थबाट गर्नुपर्ने निर्णय भए त्यस्ता निर्णयहरु राष्ट्र बैंक प्रतिकुल आए भने अनौठो नमान्दा हुन्छ' उनले भने ।

पूर्व गर्भनर क्षेत्रीले अहिले बजेट निर्माणको बसह र छलफलको समय भएकाले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्नुपर्ने बताए । बजेट निर्माणको समयमा राष्ट्र बैंकले पूरापूर सहयोग गर्नुपर्ने बताउँदै उनले अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर अधिकारीबीच अब निरन्तर संवाद र अर्थतन्त्रका विषयमा कुराकानी हुन जरुरी रहेका पनि बताएका छन् ।

अर्थमन्त्रीले ईगो साँधेर गर्भनरलाई फोरमहरुमा जानबाट बञ्चित गर्ने काम गर्न नहुने र गर्भनरले पनि विगतको तितोमिठो भुलेर बजेट निर्माणमा अर्थमन्त्री र अर्थ मन्त्रालयलाई सघाउनु पर्ने क्षेत्रीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved