नेपाल एसबिआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिट्यान्स सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2022 | 10:16:31 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल एसबिआर्ई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआर्ईका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका छन्। 

नेपाल एसबिआईका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा भएको सम्झौताअनुसार नेपाल एसबिआर्र्ई बैंक को रेमिटान्स सिस्टम बाट आउने रकम  सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५,००० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एसबिआर्र्ई बैंकको सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ। 

यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहनुभएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास दुवै संस्थाले लिएका छन।    

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved