कामना सेवा विकास बैंकको दशौं शाखा रहित बैंकिङ्ग सेवा डाक्नेश्वरीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2022 | 07:45:58 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा २०७९ साल बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोकमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

डाक्नेश्वरी न.पा. वडा नंं ०७ अमरलति चोक स्थित ओम शान्ती ट्रेडर्स सेन्टर (प्रो. मुकेश कुमार साह) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved