
सिद्धार्थ बैंकले प्लाटिनम प्लस बचत खातामा मासिक भुक्तानी हुने गरी ८.०३ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गर्ने योजना ल्याएको छ । बैंकले नव वर्ष २०७९ को प्रारम्भको विशेष अवसर पारेर ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८.०३ प्रतिशत ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
बचत खातामै आकर्षक प्रतिफलको चाहना ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ । बैंकका अनुसार आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी, प्रायोरिटि बंैकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०% को छुट )पहिलो वर्षको लागि), पहिलो वर्ष निस्शुल्क डेबिट कार्ड, मोबाईल बैैंकिङ्ग , एसएमएस अलर्ट सेवा , इन्टरनेट बैैंकिङ्ग, क्रेडिट कार्ड, डिम्याट र मेरो सेयर लगायतका सेवा प्राप्त गर्न सक्ने छन् ।