यो वर्षभर तरलता सहज हुदैन : उपाध्यक्ष सुनिल केसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 05:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको १९ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य पनि पूरा हुन नसक्ने बताएका छन् ।  बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा उनले  पछिल्लो तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षभर तरलता सहज नहुने देखिएको बताएका हुन् ।

एनएमबि बैंकका सीइओ समेत रहेका केसीले पछिल्लो समय सरकारले आयातलाई नियन्त्रण गरे पनि तरलता सुधार नहुने अवस्था रहेको बताए । आन्तरिक स्रोतबाट आगामी दिनमा १५ प्रतिशतले पनि ऋण विस्तार गर्न नसकिने बताए  ।

उनले भने , ‘गत आर्थिक वर्षमा २८ प्रतिशत जति कर्जा विस्तारमा वृद्धि गरेका थियौं । अहिले ९ महिनाको डाटा हर्ने हो भने १५ प्रतिशत जति कर्जा लगानीमा वृद्धि र जम्मा ४ प्रतिशतको डिपोजिट वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको १९ प्रतिशतको लक्ष्यमा पुग्न समेत गाह्रो अवस्था छ । मौद्रिक नीति आउने बेलामा नेपाल सरकारको पैसा २ सय अर्ब जति थियो । २३५ सय अर्ब भन्दा त्यहाँ पनि १३५ अर्ब बढेर गएको अवस्था छ । सरकारले बाँकी चार महिनामा ४ सय अर्ब खर्च गर्ने हो भने राजश्व १० अर्ब पु¥याउने उठाउने हो १२७ खर्ब आन्तरिक उठाउन बाँकी छ । त्यसले गर्दा यो आर्थिक वर्षमा बजारमा लगानी योग्य रकम तरलता सहज हुने अवस्था देखिदैन ।'

तीन महिनामा आयात ५० अर्ब हुने निर्यात २० अर्बको हाराहारीमा हुने भएकाले  प्रत्येक महिना नेपालले ९० अर्ब घाटा भोगि रहेको अवस्थाले अबको चार महिनामा तरलता सहज भै हाल्ने अवस्था नदेखिएको उनले बताए । यसको लागि विभिन्न खालका पहल भएको उनले बताए । मौद्रिक नीतीमा कर्जा लगानी १५ प्रतिशत वृद्धि हुन सकिने तर  त्यसको लागि ७ सय अर्ब पैसा डिपोजिट गर्नु पर्ने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved