परिस्थितिले के डिमाण्ड गरिरहेको छ भने ब्याजदर अझै माथि जानु पर्छ : गभर्नर (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 09:32:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले ब्याजदर अझै बढ्ने भएकोले त्यसको लागि सबैलाई तयार रहनको लागि आग्रह गरेका हुन् । 

ब्याजदरबारे उनको भनाई जस्ताको तस्तै:

लिक्वीडीटी टाइटनेस भयो, त्यसको असर स्वरुप रेटहरुमा परेको छ, हामीले रेटहरु हेर्यौ भने धेरै माथि गएको अवस्था त् होइन, तर परिस्थितिले के डिमाण्ड गरिरहेको छ भने त्यो भन्दा माथि जानु पर्छ । हामीले फेब्रुअरीमा मिडटर्म रिभ्यु गरिराख्दा खेरि २ प्रतिशतले  पोलिसी रेट बढायौ, कहिँ कतै त्यो पनि पर्याप्त छैन कि यदि यो कान्टिन्यु भयो भने, यदि बिओपी डेफिसियट यसरि नै बढी रह्यो भने । हामीले यो विषयमा अझै थप सोच्नु पर्ने हुन सक्छ । किनकि हाम्रो की मेजर भनेकै, की इन्स्ट्रुमेन्ट भनेकै पोलिसी रेट नै हो, हामीले त्यसलाई छुनु पर्छ। हामीले केहि अस्थाई मेजर लिएका छौ, एलसीमा मार्जिन लिएका छौ, नेपाल सरकारले केहि वस्तुमा आयात नियन्त्रण गर्ने गरि निर्णय गरेको छ, तर ति मेजरहरु सधैलाई हुदैनन् । हामीले पोलिसीगत हिसाबले लिंदा खेरि यो रेटलाई हेर्नै पर्ने हुन्छ, र मार्केटमा रेट केहि बढ्न सक्छ, त्यसलाई सबै समुदाय तयार रहनै पर्छ किनकि समग्र अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँ भित्र हामी रहने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ? 

हेर्नुस भिडियो : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved