नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2022 | 10:33:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम (GSM -102) अन्तर्गत युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडिए) बाट  सूचीकृत भएको छ । नबिल बैंकले (युएसडिए)  द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम GSM 102 अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको हो ।

नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंन पछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो । यो व्यवस्थासंगै नबिल बैंकले युएसडिएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ । युएसडिए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडिएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहु“च र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुङ्गा हो ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १४८ शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved