इनोभेसनपछि मात्रै रेगुलेसन हुने संसारभरिकै प्रचलन हो : राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 03:01:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभाग प्रमुख गुरु प्रसाद पौडेलले इनोभेसनको सुरुवात गर्दा लगानीको सुरक्षा र कानुनी जटिलताको विषयमा ध्यान दिनुपर्ने बताएका छन् । आइतबार नेपाल इन्ष्टिच्युट अफ कम्पनी सेक्रेटरीले नेपालमा ‘फिनटेक’ कानुनी र नियामकीय व्यवस्थाको सम्भावना र चुनौती विषयमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले विश्वभरिको प्रचलन नै इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र पछाडि नै हुने गरेको बताए। पौडेलले नयाँ व्यवसायको लागि विदेशमा लगानी गर्न नदिने ऐन अहिले पनि कायम रहेकाले नेपालको लगानी विदेश लान नमिल्ने बताए। राष्ट्र बैंकले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बनाएको उनको भनाई छ । उनले बाहिर लगानी लैजाने सम्बन्धमा भने कानुनी रूपमा नमिले पनि कोही विदेशमा गएर कमाएर उतै लगानी गर्छु भन्छ तर उसलाई विदेशी बैंकले ऋण लगानीमा विश्वास गर्दैन भने नेपाली बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था गरेको स्पष्ट पारे ।

उनले भने,‘ इनोभेसन र रेगुलेसनमा जहिले पनि इनोभेसन अगाडि र रहेको त्यसपछि मात्रै रेगुलेसन हुने संसारभरिकै प्रचलन हो । इनोभेसन गर्ने दायित्व र प्रभावकारीता पनि चाहिन्छ । त्यसले उतरदायित्वको भूमिका पनि पालना गर्नु पर्छ । इनोभेसनको नाममा कस्तो प्रोडक्ट ल्याउने पेज जस्तो पनि हुनुभएन । इनोभेसन आउँदा धेरै लामो समय भयो ल्याउँदा पनि केही समय ठिक्नलाई सकेन भने अर्को इनोभेसनले मारिदिन्छ ।  यद्यपि, इनोभेसनमा लगानीको सुरक्षा र कानुनी जटिलतामा भने ध्यान दिनुपर्ने हुन्छ । हाम्रोमा विदेशमा लगानी प्रतिबन्ध लगाउने ऐन २०२१ रहेको छ । त्यति हुँदा हुँदै पनि राष्ट्र बैंकले विदेशी लगानीका सम्बन्धमा नीतिगत व्यवस्था नै परिमार्जन गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा अनुमति नचाहिने बनाएको छ । तर, बाहिर लगानी लैजाने सम्बन्धमा भने कानुनी रूपमा मिल्दैन ।  कोही विदेशमा गएर कमाएर उतै लगानी गर्छु भन्छ तर उसलाई विदेशी बैंकले ऋण लगानीमा विश्वास गर्दैन भने नेपाली बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था छ ।’ 

त्यस्तै, स्ट्यान्डर्ड चाटर्ड बैंकका डिपार्टमेन्ट हेड माधव रेग्मीले नेपालमा फिनटेकको विकासमा आवश्यक ऐनको अभाव रहेको बताए । उनले अहिले पनि डिजिटल हस्ताक्षरका लागि बनेको विद्युतीय कारोबार ऐनका आधारमा डिजिटल कारोबार भइरहेको दाबी गरे । रेग्मीले फिनटेकको थप विस्तार र विकास र ट्रान्सफरको लागि विदेशी लगानी आवश्यक रहेको बताए । उनले नेपालमा कानुनी रूपमा विदेशी लगानी ल्याउन समस्या नभएता पनि डाटा सुरक्षामा चुनौती रहेकाले कानुनको पहिलो आवश्यकता रहेको बताए। रेग्मीले अहिले पुरानो विद्युतीय कारोबार ऐन खारेज गरेर नयाँ सूचना तथा प्रविधि ऐन आउने  क्रममा रहेको बताए ।

उनले भने,‘ फिनटेकको विकासको लागि मुलुकमा कानूनी व्यवस्था छैन । नियमक निकायलाई पनि कानूनले नै सर्पोट गर्ने हो । कानून भएन भने नियामक निकायसँग नै कानुन भएन भने नियमन कसरी गर्ने भन्ने अन्योल हुन्छ । विद्युतीय ऐन फिनटेको लागि भन्दा पनि डिजिटल हस्ताक्षरको लागि आएको कानून हो । नयाँ सूचना प्रविधि विद्येयक आउँदै छ । त्यो संसदमा विचाराधिन छ । त्यसले अहिलको विद्यमान विद्युतीय कारोबार ऐनलाई खारेज गदैछ । विदेशी लगानी ल्याउनलाई समस्या छैन । तर डाटा सुरक्षाको कुराउठिरहेको छ । भन्दै त्यसका लागि भने कानुन रहेको छैन’ ।

त्यस्तै,  फोनपेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिवस सापकोटाले नेपाली फिनटेक प्लेयरलाई ग्लोबल मार्केटमा लानको लागि कानुनी व्यवधान रहेको बताए । उनले नेपाली कम्पनी प्रति विश्वसनीयता बढाउनको लागि भए पनि फिनटेकमा विदेशी लगानी चाहिने आवश्यक रहेको बताए । सापकोटाले फिनटेकमा स्टार्टअफ कम्पनीलाई जनताको विश्वास जित्न धेरै चुनौती रहेको बताए । उनले स्टार्टअफ कम्पनीहरुलाई जनताको विस्वास जित्नको लागि अन्तरास्ट्रिय बजारमा स्थापित कम्पनी ल्याउन सके मात्रै विश्वसनीयता बढ्ने बताए। फोनपे जस्ता कम्पनीहरुमा विदेशी कम्पनीहरुले लगानी गर्न इच्छुक देखिएकाले स्वीकृतिको लागि राष्ट्र बैंकमा निवेदन गरिएको उल्लेख गरे ।

उनले भने,‘नेपाली फिनटेक प्रवर्धन गर्नु पर्छ कित प्लेयरलाई ग्लोबल मार्केटमा जानुपर्छ । ग्लोबल मार्केटमा जानको लागि कानुनी व्यवधान छ । ग्लोबलमा जानको लागि चुनौतीहरु पनि हरेको छ । नेपालको कम्पनीहरुलाई किन पत्याउने भन्ने हुन्छ । नेपाली स्र्टाटप कम्पनीहरु नेपालमा नै वृद्धि गर्न समस्या छ । सफ्टवयेर नेपालमा र विदेशमा एउटै किसिमले बनाइन्छ । तर नेपालमा महँगो पर्ने हुन्छ । कुनै पनि नाम चलेको विदेशी कम्पनीले नेपाली कम्पनीमा शेयर छ भने विश्वसनीयता बढ्छ । त्यसको लागि पनि फिनटेकमा विदेशी लगानी चाहिन्छ । फिनटेकमा स्टार्टअफ कम्पनीलाई पब्लिकको विश्वास जित्न धेरै समस्या रहेको छ । अन्तरास्ट्रिय बजारमा स्थापित कम्पनी ल्याउन सके विश्वसनीयता पनि बढ्छ । नेपालमा फनपे जस्ता कम्पनीमा विदेशी लगानी ल्याउनको लागि राष्ट्र बैंकमा निवेदन दिएका छौं ।’ 

अन्तक्र्रिया कार्यक्रममा फाइनान्सियल टेक्नोलोजी (फिनटेक)का विज्ञ तथा सरोकारवालाले नेपालमा फाइनान्सियल टेक्नोलोजी विस्तार र विकासका लागि विदेशी लगानी ल्याउनु पर्नेमा जोड दिनु भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved