गत साता बैंकहरुको निक्षेप ५ अर्ब बढ्यो, कर्जा प्रवाह घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2022 | 03:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब बढेको छ । नेपाल बैंकर्स संघका अनुसार  बैशाख १६ गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ६८ अर्ब रहेकोमा बैशाख २३ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्बले बढे ४३ खर्ब ७३ अर्ब पुगेको छ  ।   

यस अवधिमा बैंकहरुको कर्जा ४ अर्ब घटेको छ ।  बैशाख १६ गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २३ गतेसम्म  आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ। 

 फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए। बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved