आन्दोलन रोक्न एनबि बैंकका कर्मचारीलाई सीईओ पाण्डेको चेतावनीपूर्ण सर्कुलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 11:17:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई आन्दोलन नगर्नलाई बैंकको उच्च व्यवस्थापनले चेतावनीपूर्ण सर्कुलर जारी गरेको छ। एनबि बैंक उच्च व्यवस्थापनले नबिल बैंकसँग प्राप्तिको क्रममा सम्मानजनक कर्मचारी समायोजन हुने आश्वासन सहितको चेतावनीपूर्ण सर्कुलर जारी गरेको हो। 

कर्मचारीको आन्दोलनले नबिल बैंकसँग मर्जर/प्राप्तिको प्रक्रियामा बाधा पुग्न सक्ने र यसले बैंकको छविलाई नै असर गर्न सक्ने भन्दै बैंकका निमित्त सीईओ भुपेन्द्र पाण्डेले कर्मचारीलाई आन्दोलन नगर्न आग्रह गरेका हुन्। 

आन्दोलन गर्दा यसले मर्जर तथा प्राप्ति प्रकृयालाई मात्र नभई कर्मचारीको करियरलाई पनि असर पार्न सक्ने भन्दै व्यवस्थापनले बैंकका कर्मचारीलाई आन्तरिक सर्कुलर जारी गरेको हो।  

"हामी सबैलाई थाहा छ हाम्रो बैंक नबिल बैंकसँग मर्जर/प्राप्तिको प्रक्रियामा छ र कर्मचारी समायोजनको लागि संयुक्त मर्जर समितिसँग वार्ता भइरहेको छ जहाँ हामी NB बैंकको स्टाफ युनियनको मागलाई सम्बोधन गर्न सक्दो प्रयास गरिरहेका छौं। यस्तो अवस्थामा कुनै पनि पक्षबाट विरोध गर्दा वार्ता प्रक्रियामा बाधा पुग्न सक्छ जसले हामी आफैलाई असर गर्छ र हाम्रो बैंकको छविलाई पनि हानि पुर्‍याउँछ।" सर्कुलरमा भनिएको छ। 

सर्कुलरमा अगाडी भनिएको छ, "यस परिपत्रले बैंकको व्यवस्थापन विरुद्ध मर्जर सम्बन्धी विरोधका यस्ता गतिविधिबाट हामी अत्यन्तै निराश भएको कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छ । यस समस्याले हाम्रो संस्थाको प्रतिष्ठालाई अत्यन्तै नराम्रो तरिकाले हानि पुर्‍याउन सक्छ । हामीले हाम्रो बैंकका कर्मचारीहरूको हितको लागि बारम्बार वार्ता गर्ने प्रयास गरिरहेका छौं र यसबारे धेरै पटक जानकारी गराइसकेका छौं।

त्यसैको फलस्वरूप, हाम्रो संस्थाप्रतिको गैरजिम्मेवारपूर्ण क्रियाकलापको बारेमा सचेत गराउन यो परिपत्र जारी गर्ने अपरिहार्य परिस्थितिबाट गुज्रिरहेका छौं।"

निमित्त सीईओ पाण्डेको हस्ताक्षर रहेको उक्त परिपत्रमा भनिएको छ, "हाम्रा कर्मचारीहरूको हितको लागि संयुक्त मर्जर समितिसँगको वार्ता सहज रूपमा सम्पन्न गर्नका लागि तत्काल आन्दोलन बन्द गर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ। तसर्थ, सबै कर्मचारीहरूलाई भविष्यमा तपाईंको करियरलाई हानि पुर्‍याउने त्यस्ता गतिविधिहरूमा भाग नलिन सल्लाह दिइन्छ।"

अहिले नेपाल बंगलादेश बैंक कर्मचारी संघका कार्यवाहक अध्यक्ष लगायतका कर्मचारी युनियनका नेताहरुले यहि बिज्ञप्ती देखाएर कर्मचारीको आन्दोलनलाई झन्डै स्थगित गरेको अवस्था छ। कर्मचारीका नेताहरुले नबिल बैंकसँग मर्जर तथा प्राप्ति पश्चात राम्रै सुविधा पाउने भएपनि आन्दोलनलाई समर्थन गरेका युनियनमा आबद्द ६०० बढी कर्मचारीको भविष्य पनि असुरक्षित देखिएको छ। 

सहायक तह भन्दा माथिका कर्मचारीलाई मात्र एक पद घटुवा गर्ने मर्जर कमिटिले आश्वासन दिएपनि १५ महिनाको मात्रै भीआरएस दिएर ठुलो संख्यामा कर्मचारीलाई घर पठाउने तयारीमा बैंक संचालक समिति र उच्च व्यवस्थापन रहेको स्रोतको दाबि छ।   

यस अघि :
सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी
- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै
आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा

के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved