निरिह बने एनबि बैंकका कर्मचारी, अहिलेसम्मकै 'झुर' स्वेच्छिक अवकाश योजना प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 10:52:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकसँग मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेको नेपाल बंगलादेश बैंकका कर्मचारीलाई स्वेच्छिक अवकाश योजना (भीआरएस) को स्कीम दिइएको छ। कर्मचारी समायोजन अगाडी नै इच्छाले काम छोड्न चाहेका कर्मचारीहरुका लागि यो योजना ल्याइएको हो। 

एनबि बैंकको यहि आइतबार बसेको बैंक संचालक समितिको ३८९ औं बैठकले आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना (भीआरएस) ल्याएको हो। एनबि बैंकमा स्थायी भएर काम गरेको १५ बर्ष पुरा भएको वा यहि जेठ ३१, २०७९ सालसम्म ५० बर्ष उमेर नाघेकाहरुका लागि यो योजना ल्याइएको हो।

यो स्किम लिएर जागिर छाड्न चाहनेहरुले यहि जेठ १, २०७९ भित्र आबेदन बुझाउनुपर्ने प्रस्ताव पत्रमा उल्लेख छ। यो योजना लिएर जानेहरुले पद अनुसार न्युनतम १५ महिना र बढीमा २४ महिनाको आधारभुत तलब र एलाउन्सेस पाउनेछन।   

एनबि बैंकका कर्मचारीहरुलाई बिभिन्न चार तहमा विभाजन गरेर भीआरएस योजना ल्याइएको छ। उच्च तहको कर्मचारीलाई १५ महिनाको आधारभुत तलब र एलाउन्सेस, अफिसर र म्यानेजर तहलाई १८ महिनाको आधारभुत तलब र एलाउन्सेस, सहायक तहलाई २१ महिनाको आधारभुत तलब र एलाउन्सेस र सहयोगी तहलाई २४ महिनाको आधारभुत तलब र एलाउन्सेस दिईने भएको छ। 

यद्दपी तोकिएको अवधि भन्दा कसैको जागिरको अवधि कम छ भने बाँकी अवधिलाई १२५ प्रतिशतले गुणा गरेर त्यति अवधि बराबरको आधारभुत तलब र एलाउन्सेस दिईने प्रस्ताव पत्रमा उल्लेख छ। जस्तो सहायक तहमा कसैको जागिर अवधि ८ महिनाको छ भने उसलाई ८ महिनालाई १२५ प्रतिशतले गुणा गर्दा आउने अवधि अर्थात १० महिनाको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गरिने भएको छ।

सम्भवत यस्तो अभ्यास एनबि बैंकका कर्मचारीमा मात्र लागू भएको हुन सक्छ। अधिकांश बैंक वित्तीय संस्थाहरुमा भीआरएस रोज्ने कर्मचारीहरुलाई एकै अवधिको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गर्ने अभ्यास छ। 

केहि समय अगाडी मात्रै नबिल बैंकले प्राप्ति गरेको युनाइटेड फाइनान्सका कर्मचारीलाई पनि ३० महिनाको आधारभुत तलब र एलाउन्सेस दिएर विदाई गरिएको थियो। त्यहाँ बाँकी अवधि र भीआरएसको अवधि जुन कम छ त्यसको आधारभुत तलब र एलाउन्सेस भन्ने उल्लेख नै थिएन र सम्भवत यस्तो अभ्यास बैंकिंङ उद्योगमा अहिलेसम्म भएको छैन।

मर्जर तथा प्राप्ति हुन लागेको संस्थाको सीईओ नै मर्जर तथा प्राप्ति गर्ने संस्थाको सीईओ बन्ने बेलामा सकेसम्म कर्मचारीलाई दबाएर र कम खर्च गरेर भीआरएस दिन खोजिने भएकाले एनबि बैंकमा यस्तो 'झुर' अभ्यास गरिएको एक बैंकरले बिजपाटीलाई बताए। 

मर्जर तथा प्राप्ति हुन लागेको संस्थाको सीईओ अमर्जर तथा प्राप्ति गर्ने संस्थामा नजाने अवस्थामा मात्रै कर्मचारीको पक्षमा आवाज बलियो हुने नत्र एनबि बैंककै जस्तो हुने ती बैंकरको भनाई छ।    

(भीआरएस) रोजेको एक हप्ता भित्र नगद नै दिएर कर्मचारीलाई विदा गरिने भएको छ। यद्दपी एनबि बैंकबाट घर कर्जा लिएर पनि (भीआरएस) रोजेका कर्मचारीलाई नबिल बैंकको आधार दरको ब्याजमा नै उक्त ऋणले निरन्तरता पाउने बताईएको छ।

तर (भीआरएस) रोजेका कर्मचारीहरुलाई उनीहरुले पाउने बोनस, सिनियर अफिस माथिका कर्मचारीले सुविधाको रुपमा प्रयोग गरिरहेको गाडी र कर्जा लिएर किनेको गाडीबारे के हुन्छ भन्ने कहिँ कतै खुलाईएको छैन। 

भीआरएस योजनाको अफर देखेर आफुहरु धर्मसंकटमा परेको एनबि बैंकका उच्च तहका एक कर्मचारीले बिजपाटीलाई बताए। भीआरएस लिएर जाँदा राम्रो पैसा हात नलाग्ने, नलिंदा भोलि नबिल बैकंबाट बिभिन्न बहानामा दुख दिन पाइने भएकाले आफुहरु धर्म संकटमा परेको उनको भनाई छ।  

यस अघि:

के एनबि बैंकमा कर्मचारीको आन्दोलन तुहिएको हो ?

सीईओसँगको छलफल निष्कर्षविहिन: आन्दोलनको तयारीमा एनबि बैंकका कर्मचारी

- एनबी बैंकमा कर्मचारीले सीइओ घेरे: पाण्डेले नसकेपछि पूर्व सीईओले विवाद मिलाउदै

आजदेखि नेपाल बंगलादेश बैंकका कर्मचारी आन्दोलनमा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved